CMS, Oracle,Developer, Portal, PHP,mysql
Travel, Nepal Tours, Tourist Guide
PhoolbariFM
स्वाइनफ् लुः डराउने होइन, र्सतर्क हुने
http://www.newsofnepal.com/
विश्व स्वास्थ्य संघले यो रोगलाई महामारी घोषणा गरेको तीन हप्ता बित्न नपाउँदै अमेरिकाको वासिङ्टनबाट असार ७ गते दोहा हुँदै काठमाडौं आएका एकै परिवारका ८ वषर्ीय बच्चा, ४८ वषर्ीय पुरुष र ३८ बषर्ीया महिलासहित तीन जनामा १६ गते एचवान एनवान ए भाइरस देखा परेको छ । साथै असार १८ गते पुनः सोही परिवारका १७ महिने बालक र नातेदार ५ वषर्ीय बालकमा र असार २३ गते अर्को एक २५ वषर्ीय व्यक्तिमा स्वाइनफ्लु भेटिएको सरकारी रिपोर्टमा प्रमाणित भएको छ ।
गत चैत ५ गते मेक्सिकोमा यो रोग देखा परेपछि विश्व स्वास्थ्य संघले बैशाख १२ गते विश्वव्यापी चिन्ता प्रकट गरी १४ गते विश्वव्यापीरुपमा महामारीको संकेत दिंदै उच्च र्सतर्कता अपनाउन सूचित गरेको थियो । स्वास्थ्य मन्त्रालयले पनि विश्व स्वास्थ्य संघले सूचना जारी गर्नासाथै बैशाख १६ गतेदेखि लागू हुने गरी स्वाइनफ्लु प्रमाणित मुलुकको भ्रमण गरेर नेपाल आउने यात्रुहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै स्त्रिmनिङ गरेर मात्र प्रवेश दिने व्यवस्थाका लागि एक जना चिकित्सकसहित ६ जना स्वास्थ्यकर्मीको व्यवस्था मिलाएको छ । साथै शिक्षण अस्पताल महाराजगन्जमा १६ शय्या र शुक्रराज ट्रपिकल अस्पतालमा ६ शय्याको व्यवस्था पनि त्यति नै बेला गरेको थियो ।
यसै क्रममा असार ७ गते अमेरिकाबाट दोहा हुँदै काठमाडौं आएका व्यक्तिहरुको स्त्रिनिङ गर्ने क्रममा ८ वषर्ीय बालकमा समस्या देखा परेको तिनै चिकित्सकहरुले पत्ता लगाई स्वास्थ्य परीक्षणको सल्लाह दिएका थिए । सोहीअनुसार बच्चा र उनका बाबु-आमाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गई परीक्षण गराउँदा सबैमा स्वाइनफ्लु लागेको प्रमाणित भयो ।
सरकारले बेलैमा उच्च र्सतर्कता अपनाएका कारण धेरै मानिसमा यो रोग फैलन नपाउँदै सामान्य अवस्थामै रोगीको उपचार हुन सक्यो र उनीहरुबाट अरु मानिसमा रोग र्सन पाएन । अहिले नेपाल, भारत तथा चीनको सिमानालगायत जिल्लाका स्वास्थ्य केन्द्रहरुमा समेत स्वाइनफ्लुका बारेमा स्त्रिmनिङको व्यवस्था गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।
इन्फ्लुएन्जाको उद्गमस्रोत
सन् १९१८ मा स्पेनीफ्लु एचवान एनवानका कारण अमेरिकामा ५ लाख व्यक्तिको मृत्यु भएको र विश्वभरि २ देखि ५ करोड मानिसको मृत्यु भएको अनुमान गरिएको छ । त्यसै गरी सन् १९५७ मा एसियनफ्लु एचटु एनटुका कारण अमेरिकामा ७० हजारको मृत्यु भएको र विश्वभरि २० लाखको मृत्यु भएको अनुमान गरिएको छ । यस्तै सन् १९६८ मा हङकङ एचथ्री एनटु भाइरसका कारण अमेरिकामा ५० हजार र विश्वभरि १० लाखको मृत्यु भएको अमेरिकी पत्रकार तथा सरुवा रोग विशेषज्ञ ड्यान रुज बताउनुहुन्छ ।
त्यति बेला अहिलेको जस्तो हवाई यातायात विश्वव्यापी नभएका कारण अन्य मुलुकमा धेरै फैलिन पाएन । अमेरिकाकै एउटा कृषि र्फममा देखा परेको यो भाइरस त्यहाँ आवतजावत गर्ने र र्फममा उत्पादित पशुको मासु बढी मात्रामा प्रयोग हुने सेनाको ब्यारेकमा फैलिएको थियो । त्यति बेला युद्धमा खटिएका सेना तथा जवानमा यो रोग फैलिंदा एकै पटक थुपै्र सेनाले ज्यान गुमाएका थिए । तर त्यति बेला उनीहरुको मृत्युको एकिन कारण पत्ता लागेको थिएन । पछि उनीहरु के कारणले मरे भन्ने बारेमा अनुसन्धान गर्न उत्तर अमेरिकाको हिउँमा गाडिएको अवस्थामा फेला परेका लासहरु निकालेर डीएनए परीक्षण गरिएको थियो । यतिका धेरै संख्यामा सेनाहरुको मृत्यु युद्धका कारण नभई एचवान एनवान ए भाइरसका कारण भएको त्यहाँका विशेषज्ञहरुले पत्ता लगाएको अमेरिकी पत्रकार तथा विशेषज्ञ ड्यान रुजले पछिल्लो पटक पुनः एचवान एनवान ए बाट कसरी जोगिने भनेर विश्वव्यापीरुपमा चर्चा चलिरहेका बेला काठमाडैंमा आई पत्रकारहरुका माझ जानकारी गराउनुभएको हो ।
स्वाइनफ्लु संक्रमण सुरु हुँदा बिरामीहरुको मृत्युदर ६ प्रतिशतसम्म रहेकोमा हाल यसमा निकै नियन्त्रण भएको पाइएको छ । विश्व स्वास्थ्य संघका अनुसार हाल मृत्यु हुनेको संख्या रोग प्रमाणित भएको संख्याको १ प्रतिशत मात्र छ । अहिलेसम्म देखा परेका भाइरस आनुवंशिक प्रकृतिका भएकोले पशुपक्षीका माध्यमबाट मानिसमा सरेको पाइन्छ । जब मानिसबाट मानिसमा र्सन थाल्छ अनि यो भाइरसले विकराल रुप लिन्छ ।
विश्वभरिका यति धेरै मानिस त्रसित हुनुको प्रमुख कारण भनेको हिँड्दा, बस्दा, बोल्दा, हाच्छिउँ गर्दा, हात मिलाउँदा, एउटै ओछ्यानमा सुत्दा, एउटै ट्वाइलेट प्रयोग गर्दा, कपडा, रुमाल, भाँडाकुँडा प्रयोग गर्दा हरेक माध्यमद्वारा मानिसबाट मानिसमा भाइरस तत्काल र्सर्ने भएकाले नै हो ।
यो रोगको समाधानका लागि र्सवप्रथम अत्यधिक ज्वरो आएमा, घाँटी दुखेमा, श्वास फर्ेन गाह्रो भएमा, रुघाखोकी लागी अत्यधिक ज्वरो आएमा तुरुन्त परीक्षण गराएर आफूलाई कुन रोग लागेको हो पत्ता लगाई औषधि सेवन गर्नुपर्छ । यो रोग लागेका व्यक्तिले अन्य रोग लागेका बेलामा स्थानीय अस्पताल तथा मेडिकलबाट औषधि लिएर खान सक्छन् । तर स्वाइनफ्लुका लागि आवश्यक पर्ने टाइमिफ्लु नामक औषधि नेपाल सरकार तथा स्वास्थ्य मन्त्रालयले तोकेका स्वास्थ्य संस्थामा मात्र उपलब्ध गराएको छ । सजिलै बजारमा नपाइने यस किसिमको महँगो औषधि नेपालमा विश्व स्वास्थ्य संघले ३६ हजार व्यक्तिलाई मात्र पुग्ने गरी उपलब्ध गराएको छ ।
स्वाइनफ्लु देखा परेदेखि अहिलेसम्मको अवस्थालाई नियाल्ने हो भने एचवान एनवान ए भाइरसको महामारी सबैभन्दा गम्भीर र घातक परिणाम आधारभूत स्वास्थ्य सेवा कमजोर भएका मुलुकहरुमा फैलँदै गएको विश्वस्वास्थ्य संघका महानिर्देशक डा. मार्गरेट चानले बताउनुभएको छ ।
सन् २००९ मा देखा परेको स्वाइनफ्लु बेलायतको नेसनल इन्स्िटच्युट फर बायोलोजिकल स्टर्ैर्डड एन्ड कन्ट्रोलका वैज्ञानिकहरुले सँुगुर -स्वाइन), पन्छी -एविन) र मानिसको जीन मिलेर इन्फ्लुएन्जा ए बन्ने कुरा अनुसन्धानबाट प्रमाणित भैसकेको जनाएका छन् । बेलायत, अमेरिका र अस्ट्रेलियाका वैज्ञानिकहरुले यस रोगका बारेमा अनुसन्धान गरी भाइरसको अनुवांशिक कोड पहिचान गरी खोप बनाउनका लागि आह्वान गरिसकेका छन् । खोपको विकास नभएसम्म स्वाइनफ्लुको उपचार एन्टीभाइरल औषधि टाइमिफ्लु मात्र भएको इपिडिमियोलोजी तथा रोग नियनत्रण महाशाखाका निर्देशक डा.सेनेन्द्र उप्रेती बताउनुहुन्छ ।
रोग पत्ता लगाउन विभिन्न परीक्षण गर्दा ४८ घण्टा लाग्ने र हालै नेपालमा परीक्षणका लागि विश्व स्वास्थ्य संघले ५ सय जनाको रगत परीक्षण गर्न सक्ने आवश्यक साधन उपलब्ध गराएका कारण स्वाइनफ्लुको पोजेटिभ र नेगेटिभ नियन्त्रणका बारेमा नेपालमा नै पत्ता लगाउन सकिएको डा. उप्रेती बताउनुहुन्छ । सामान्य फ्लु -सिजनल रुघाखोकी, ज्वरो) को भाइरसभन्दा फरक र जटिल खालको भाइरस ए एचवान एनवान विश्वकै लागि अनुसन्धानको विषय बनेको छ । यो रोगबाट बच्नका लागि हरेक व्यक्तिले उच्च र्सतर्कता अपनाउन जरुरी छ ।
स्वाइनफ्लुका लक्षणहरु
सामान्य रुघाखोकीजस्तै देखिए पनि १ सय ४ ड्रि्रीभन्दा माथि ज्वरो आउनुका साथै कफ आउने र घाँटी पनि दुख्ने हुन्छ । साथै श्वास फर्ेन गाह्रो हुने, जीउ दुख्ने, थकाइको महसुस हुने, कहिलेकाहीँ अत्यधिक ज्वरो अर्थात् संक्रमणका कारण पखाला लाग्ने, बान्ता हुनेजस्ता समस्याहरु देखा पर्छन् ।
स्वाइनफ्लु भएको व्यक्तिले खोक्दा या हाच्छिउँ गर्दा यसका भाइरसहरु बाहिर निस्कन्छन् र नजिकै रहेका वस्तुमा टाँसिई स्वस्थ व्यक्तिमा र्सछन् ।
बचावटको उपाय
साबुन-पानीले सफासँग हात धुने, अनावश्यकरुपमा नाक-मुखमा हातले नछुने, सरसफाइमा ध्यान दिने, रोगीको छेउछाउमा खुला मुख र खुला हात-खुट्टा नजाने, संक्रमित व्यक्तिकोमा जानुपरेमा चिकित्सकको सल्लाहअनुसार गर्ने, सक्रमितको रेखदेख गर्ने या जानकारी लिनुपरेमा एक मिटर दूरीको फरकमा आफूले सुरक्षा विधि अपनाएर मात्र जाने ।
संक्रमितले अपनाउनुपर्ने विधिहरु
संक्रमित व्यक्तिले आफूलाई रोग लागेको थाहा पाएपछि अफिस-विद्यालय नजाने, मानिसको जमघटमा नजाने, झोल पदार्थ पर्याप्त खाने, सरसफाइ गरिरहने, प्रशस्त मात्रामा आराम गर्ने गर्नुपर्छ । कुनै पनि विषयमा चिन्ता नलिएमा उपचारपछि निको हुन्छ ।
विश्वमा बर्सर्ेे सिजनल फ्लुका कारण ५ लाख मानिसको ज्यान जाने गर्दछ । यस्तो वर्षा तीन पटक सिजन परिवर्तन हँुदाका अवस्थामा रुघाखोकी लाग्ने, निमोनिया हुने र ज्वरोका कारण हुने गर्दछ । अहिलेको स्वाइनफ्लु मन्द प्रकृतिको भएकाले उपचारपछि ९९ प्रतिशतलाई निको भएको छ भने १ प्रतिशतको भने समयमा थाहा नभएर अर्थात् विविध कारणले मृत्यु भएको विश्व स्वास्थ्य संघको रिपोर्टमा उल्लेख गरिएको छ । सबै मानिसले र्सतर्कता अपनाएको खण्डमा यो रोगबाट सजिलै बच्न सकिन्छ ।
Last Updated (Friday, 04 September 2009 03:15)


