CMS, Oracle,Developer, Portal, PHP,mysql
Travel, Nepal Tours, Tourist Guide
PhoolbariFM
जलवायु परिवर्तनको असर रोक्न दाताको सहयोग आवश्यक
मुलुकका नीति निर्मात तथा विज्ञहरूले मौसम परिवर्तनको प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभावबाट मुलुकलाई जोगाउन दाता राष्ट्र तथा निकायबाट सहयोग प्राप्त हुनुपर्ने बताउनुभएको छ ।
जलवायु परिवर्तनसम्बन्धी यहाँ आयोजित क्षेत्रीय सम्मेलनका क्रममा बुधबार भएको नेपाल केन्द्रीत बैठकमा विज्ञहरूले आफ्नै स्रोतसाधन, प्रविधि र अनुभवले मात्र प्रकोप व्यवस्थापन कार्य असम्भव देखिएकाले नेपाललाई वाहृय सहयोग आवश्यक रहेको स्पष्ट गर्नुभयो ।
प्राकृतिक प्रकोपका दृष्टिले अति जोखिम क्षेत्र मानिने नेपालको सम्भावित जोखिम न्युनीकरणका पक्षमा आवश्यक आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउन दाता मुलुक तथा निकायसँग उहाँहरूले आग्रह गर्नुभयो ।
विज्ञहरूले मौसम परिवर्तनबाट वर्षेनी ०.०६ डिगि्रसेन्टिग्रेड तापक्रम वृद्धि भइरहेको, तीव्रदरमा हिउँ पग्लिरहेको, हिमश्रृङ्खला काला चट्टानमा परिणत हुने अवस्था रहेको, आकार वद्धिसहित कैयौँ हिमताल विष्फोट हुने अवस्थामा रहेको, अप्रत्यासित रूपमा नयाँनयाँ हिमताल देखिन थालेको, हिमाली पर्यावरणमा प्रतिकूल असर परेको र जैविक विविधतामा ह्रास आउनथालेकोतर्फ राष्ट्रिय तथा अन्तरराष्ट्रिय जगतको समय मै ध्यान जानुपर्ने धारणा व्यक्त गर्नुभयो ।
सो अवसरमा जलस्रोतविद् दीपक ज्ञवालीले खोला तथा नदीको सतह वृद्धि भई तटीय भूभाग डुवानमा पर्ने खतरा बढेको, अप्रत्यासित रूपमा देखिने गरेको मुसलधारे वषर्ाले वाढीपहिरो निम्त्याउने गरेको तथा अकल्पनीय मात्रामा धनजनको क्षेति हुने स्थिति देखापरेको, विकास निर्माणका पूर्वाधार विनास हुनेक्रम बढेको, लामो खडेरीका कारण कृषि प्रणाली प्रभावित हुनथालेको, भोकमरी, कुपोषण र महामारीबाट गरिव तथा सिमान्तकृत वर्ग बढी प्रभावित हुनेगरेको बताउनुभयो ।
वातावरण मन्त्रालयका सचिव डा.नेपालमा देखिएको जलवायु तथा मौसम परिवर्तनको प्रभाव अन्य मुलुकलाई पनि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा पर्ने धारणा व्यक्त गर्दै वक्ताहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पर्ने प्रभाव न्युनीकरणका लागि सहकार्य हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
सोही मन्त्रालयका सहसचिव पुरुषोत्तम घिमिरे र उपसचिव वटुकृष्ण उप्रेतीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्थासँग मिलेर प्रकोप व्यवस्थापन अभियान सञ्चालन गर्न लागेको बताउनुभयो ।
सो अवसरमा अजय दीक्षित, अनिल पोखरेल, मधुकर उपाध्याय, ज्ञानेन्द्र गुरुङ, हैदर अली मेमोन, गुणदेव पन्त, शैली बस्नेत, दावा सेर्पालगायतका सरोकारवाला एवं विज्ञहरुले धारणा व्यक्त गर्नुभएको थियो ।
Last Updated (Thursday, 03 September 2009 03:46)



