टोरोन्टोमा हिमालयन फेस्टिभल सम्पन्न
हरेक वर्ष झै यस वर्ष पनि विशाल टोरोन्टोका नेपाली समुदायले नेपाली मेला : हिमालयन फेस्टिभल भब्यताका साथ आयोजना गरे ।
बहुभाषा र बहुसंस्कृतिले भरिएको शहर टोरोन्टोको महानगरपालिकाले विभिन्न समुदायका संस्थाहरुलाई उनीहरुको राष्ट्रिय संस्कृति परिचय गराउन खुलामञ्च उपलब्ध गराउदै आएको छ । महानगरपालिकाले शहरको मुटुमा अवस्थित नेथन फिलिप स्क्वायरमा अवस्थित सिटी हलको प्राङ्गणमा निशुल्क खुलामञ्च उपलब्ध गरोउदै आएको छ । सन् २००६ देखि अगस्त महिनाको तेस्रो वा चौंथो आईतबार नेपाली समुदायले नेपाली मेलाको आयोजना गर्दै आएको छ । नेपाली गीत संगीत र नृत्यहरुको प्रस्तुतिहरु, नेपाली खानाका परिकारहरु बेच्ने पसलहरु, नेपाली हस्तकलाका सामान बेच्ने पसलहरुका अतिरिक्त विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरुले मेलाको शोभा बढाउदै आएको छ ।
एन.सि.सि.एस. को आयोजनामा मनाउदै आएको नेपाली मेलामा यहाँ अवस्थित अरु नेपाली संघसंस्थाहरुको पनि सहभागिता रहदै आएको छ । २३ अगस्तमा दिन बिना बर्माको संयोजकत्वमा सम्पन्न भएको यस वर्षको मेलामा सधाझै रमाईलो रङ्गविरङ्गी सांस्कृतिक प्रस्तुतिहरुले मेला भर्न आएका नेपाली समुदायसंगै विदेशी दर्शकहरु समक्ष मनोरञ्जन पस्केको थियो । बुद्धीसागर बस्याल, तृप्ती, दिप्ता वैद्य र गोबिन्दसिंह रावतको उद्घोषणमा सञ्चालन भएको यस पटकको मेलामा सदाझै कुमारी र लाखे प्रदर्शनी सबैको आकर्षक बनेको थियो भने मोमोको माँग पनिबढ्दै गएको सुनिन्थ्यो ।
कार्यक्रमको उद्घाटन परम्परागत पानसमा बत्ती बालेर गरिएको थियो भने नेपाली र क्यानेडियन राष्ट्रिय गीत गाएर कार्यक्रमको थालनी गरिएको थियो । कार्यक्रममा मेला संयोजक तथा एन.सी.सी.एस.का कार्यकारिणी समितिका सदस्य बिना वर्माले स्वागत मन्तब्य दिनु भएको थियो भने विधान वर्माले फ्रेञ्च भाषामा स्वागत मन्तब्य दिनु भएको थियो । दुई चरणमा विभाजित नेपाली मेलाको शोभा बढाउन विशाल टोरोन्टोका उदयमान प्रतीभाहरुले आ-आफ्नो प्रस्तुतिहरु देखाएका थिए ।
कार्यक्रममा नृत्य तर्फ स्वाती अधिकारी, बन्दना कट्टोज, ऋद्धिसा गिरी, नेहा के.सी., दृष्टि रावत, मनिष देवकोटा, सुजाता पोखरेल, स्वेच्छा पोखरेल, स्वयम् पोखरेल, स्वणिर्मा गुरुङ्ग, अनुष्का गौतम, मोनिका पन्त, आर्या उपाध्याय, ईभा शर्माका अतिरिक्त जनजाति संगका तर्फबाट विशेष सामुहिक नृत्य प्रस्तुत गरिएको थियो भने गीत तर्फ विनोद ढुङ्गाना, कौसल बस्नेत, मनिष पोखरेल, अनिष पोखरेल, प्रबुद्ध शाह, सारा थापा, समिर गिरी, पाण्डु श्रेष्ठ, राधिका खरेल, बुद्धिसागर, क्षेताङ् शेर्पा, रुक्सन महत, पारस गुरुङ्ग, तेन्जिङ्ग शेर्पा, अमिर नुर, सुमित रोय, आशिष पोखरेल, कौसल बस्नेत, विधान वर्मा, दिप विष्ट, एजे भण्डारी आदिका साथै नेपाली युवाहरुको ब्यान्ड रेड रुमको विशेष प्रस्तुति रहेको थियो ।
कार्यक्रमलाई अझ रौनक बनाउन यी बाहेकका कलाकारहरुले पनि मेल स्थलबाटै प्रस्तुति दिएका थिए । कार्यक्रमलाई सदाबहार बनाउन संगित तर्फ प्रदिप बासकोटा र उत्तम मकाजुले बाँसुरी र मादलका सुमधुर धुनहरुसंगै संगीतको प्रशिक्षण पनि दिएका थिए ।
नेपाली महिलाहरुको महान चाड तीजका दिन आयोजित मेलामा रातै भएर आएका नेपाली महिलाहरुले वर्तका दिन तीजको गीत गाउदै रमाईलो गरेका थिए । नेपाली मेला हिमालयन फेस्टिभललाई अथक परिश्रम गरेर सफल बनाउनमासफल बनाउनमा मेला समितिका सदस्यहरु,यसका प्रायोजकहरु संगसंगै नेपाली समुदायका उपस्थित जनसमुदायको महत्वपूर्ण भूमिका रहेकोलाई पनि नकार्न सकिदैन । दिउसो २ बजेदेखि लगभग ९ बजेसम्म निरन्तर चलेको मेलाले नेपाली संस्कृतिलाई यसरीनै प्रत्येक वर्ष प्रस्तुत गर्ने गर्छ र अर्को वर्ष यस्तै मनोरञ्जनात्मक प्रस्तुतिहरु लिएर उपस्थित हुने बाचाका साथ मेला सम्पन्न भएको थियो ।
Last Updated (Wednesday, 02 September 2009 08:03)
News



